Monday, November 17, 2025

२०८२ मंसिर २, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जेनजीको एक समूहद्वारा नेपाल खानेपानी संस्थान राजविराजमा तालाबन्दी


जेनजीको एक समूहद्वारा नेपाल खानेपानी संस्थान राजविराजमा तालाबन्दी

राजविराज । जेनजीको एक समूहले आइतबार नेपाल खानेपानी संस्थान राजविराज शाखामा तालाबन्दी गरेका छन् । जेनजीका मो. मुस्तिकम आलमको नेतृत्वमा गएको जेनजीको एक समूहले तालाबन्दी गरेका हुन् ।

यसअघि गत शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर काठमाडाैंलाई ज्ञापनपत्र बुझाउँदै युवाहरूले कार्य कुसल भएका निमित्त प्रमुख राजाराम यादवलाई  सरुवा गरि संस्थानलाई नेतृत्वविहीन गरि कामकाज प्रभावित गर्ने खेल स्वीकार्य नहुने उल्लेख गरिएको थियो । प्रजिअ टुवराज पोखरेललाई युवाहरूद्वारा बुझाइएको ज्ञापनपत्रमा पहुँचको आधारमा कर्मचारी फेरबदल हुँदा नगरबासीले ठूलो मार खेप्नुपरेको भनिएको छ । 

कोही १८ वर्षदेखि डेरा जनाएर बस्ने र कार्यालय र जनहीतको पक्षमा काम गर्ने कर्माचारीलाई सरुवा गर्नुमा ठूलो चलखेलबाट भएको बताउँदै नेपाल खानेपानी संस्थानका महानिर्देशकलाई पठाइएको ज्ञापनपत्रमा कार्यलय प्रमुख यादवलाई यथावत राख्न जोडदार माग गरिएको छ । उक्त माग पूरा नभएको भन्दै जेनजीले तालाबन्दी गरेको सहभागी रितेश साहले जानकारी दिनुभयो।