Monday, November 17, 2025

२०८२ मंसिर २, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सप्तरीका उद्योगी व्यवसायीहरु धर्नामा


सप्तरीका उद्योगी व्यवसायीहरु धर्नामा

कल्याणपुर । राजविराजबाट करदाता सेवा कार्यालय अनयन्त्र सार्ने निर्णयको विरोधमा सप्तरीका उद्योगी व्यवसायीहरु धर्नामा बसेका छन् । कर कार्यालय अन्यत्र नसार्न माग गर्दै उद्योगी व्यापारीहरु आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्नामा बसेका हुन् ।

यसअघि करदाता सेवा कार्यालय नसार्न सरकारलाई आग्रह गर्दै राजविराजको गजेन्द्र चोकमा सङ्कलन गरिएको पाँच हजारभन्दा बढि हस्ताक्षर प्रधानमन्त्रीलाई सुशीला कार्कीलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत पठाइएको थियो ।

कात्तिक २२ गतेदेखि थालिएको आन्दोलन आन्दोलनअन्तर्गत ३० गते आइतबार बिहान १० देखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको उद्योग वाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेतीले बताउनुभयो ।

जिल्लामा ७० हजारभन्दा बढि करदाता रहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय नै स्थापना हुनुपर्नेमा रहेको कार्यालय पनि सारिएमा यहाँका उद्योगी व्यवसायीहरुले दुःख पाउनुका साथै राजस्व सङ्कलनमा कठिनाई हुने उहाँको भनाई छ  ।