Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पर्यटनको सम्भावना भएका क्षेत्रको लागि २ अर्ब १३ करोड बजेट


पर्यटनको सम्भावना भएका क्षेत्रको लागि २ अर्ब १३ करोड बजेट

काठमाडौं । पर्यटनको सम्भावना उच्च भएका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको विकास गरिनेछ। कोशी प्रदेशको पाथिभरा, हलेसी, किराँतहरूको उद्ग।मस्थल तुवाचुङ्ग र चतरा बराह क्षेत्र, मधेश प्रदेशको गढीमाई र छिन्नमस्ता, वागमती प्रदेशको दोलखा भिमसेन र दुप्चेश्वर महादेव, गण्डकी प्रदेशको मुक्तिनाथ, देवघाट त्रिवेणीधाम र लुम्बिनी प्रदेशको स्वर्गद्वारी, रेसुङ्गा क्षेत्र र थारू समुदायको ऐतिहासिक स्थल दंगीशरण क्षेत्र, कर्णाली प्रदेशको छत्रेश्वरी भगवती, चन्दननाथ र पन्चकोशी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशको बडिमालिका, घटालथान, खप्तड र मणिका मन्दिरको संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण गरिनेछ।

नयाँ पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार विकास तथा अन्य पर्यटन पूर्वाधार निर्माण समेत गरी २ अर्ब १३ करोड विनियोजन गरेको छु।