Tuesday, August 12, 2025

२०८२ श्रावण २८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण


नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगन्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाई सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनको माग गरिएको हो ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगन्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा चासो दिन आग्रह गरे ।