Tuesday, September 02, 2025

२०८२ भाद्र १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

८८ हजार ६८० पर्यटक अगस्टमा भित्रिए , गत वर्षको तुलनामा २२ प्रतिशत वृद्धि


८८ हजार ६८० पर्यटक अगस्टमा भित्रिए , गत वर्षको तुलनामा २२ प्रतिशत वृद्धि

काठमाडौं । नेपालमा सन् २०२५ को अगस्ट महिना मात्रै  ८८ हजार ६ सय ८० पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ। बोर्डको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको छ।

बोर्डको तथ्याङ्कअनुसार भारतबाट ३५ हजार ५०५, चीनबाट ७ हजार ५३३, अमेरिकाबाट ६ हजार ६८, श्रीलङ्काबाट ५ हजार ९५६ र बङ्गलादेशबाट ४ हजार २६२ पर्यटक भित्रिएका छन्।

सन् २०२५ को ८ महिनाको अवधिमा सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ । गत जुलाईमा नेपालमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए।