Tuesday, September 30, 2025

२०८२ आश्विन १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँ बढ्यो


सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँ बढ्यो

काठमाडौं । एक साताको अवधिमा सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते तोलामा २ लाख १६ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य हिजो ९शुक्रबार० सम्म आइपुग्दा २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको हो । यद्यपि सो साता सुनको मूल्यमा उतारचढाव नै देखियो ।

जसअनुसार असोज ८ गते गते हालसम्मकै उच्च अदालत २ लाख २३ हजार रुपैयाँसम्म सुनको मूल्य पुग्यो । महासंघका अनुसार असोज ५ गते २ लाख १७ हजार १००, ६ गते २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार हुँदा ७ गते २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो ।

त्यसपछि ८ गते कीर्तिमानी मूल्य कायम हुँदा त्यसको भोलिपल्ट अर्थात ९ गते भने घटेर २ लाख २१ हजार ३०० कायम हुँदा शुक्रबार भने फेरि २ लाख २२ हजार ५०० रुपैयाँ पुगेर साताको कारोबार रोकियो । सो साता सुनको मूल्यले पनि कीर्तिमान बनायो ।

असोज ३ गते तोलामा २ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य, ५, ६, ७, ८ र ९ गते क्रमशः २ हजार ६२०, २ हजार ६५०, २ हजार ६८०, २ हजार ७०० र २ हजार ६८५ रुपैयाँ कायम भयो । यस्तै हिजो शुक्रबार भने हालसम्मकै उच्च मूल्य हुँदै चाँदीको मूल्य तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस आधारमा सातामै चाँदीको मूल्य १६० रुपैयाँ बढेको छ ।