Tuesday, September 30, 2025

२०८२ आश्विन १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैनः आयल निगम


पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैनः आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको जनाएको छ । मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण पेट्रोलियम पदार्थको नियमित ढुवानी हुन नसक्दा यसअघि अधिकांश पेट्रोल पम्पले सेवा दिन नसके पनि बाटो खुलेसँगै नियमित अवस्थामा फर्किएका हुन् ।

निगमले भनेको छ– ुमुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण बाट पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अव सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको ब्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराइन्छ ।