काठमाडौं । एक महिनामा कर्जाको व्याजदर घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार एक महिनामा कर्जाको व्याजदर ०.१९ प्रतिशत विन्दुले घटेको हो ।
राष्ट्र बैंकका अनुसार कर्जाको व्याजदर चालु आर्थिक वर्षको चैत महिनाको तुलनामा वैशाख महिनामा ०.१९ प्रतिशत विन्दुले घटेको हो ।
चालु आवको चैतमा कर्जाको ब्याजदर १२.८४ प्रतिशत रहेकोमा वैशाखमा १२.६५ प्रतिशत हुँदा कर्जाको व्याजदर ०.१९ प्रतिशत विन्दुले घटेको हो ।
त्यस्तै निक्षेपको व्याजदर वैशाखमा ८.०८ प्रतिशत रहेको छ भने चैत महिनामा ८.२६ प्रतिशत रहेको थियो । आधारदर चालु आवको चैतमा १०.४८ रहेकोमा वैशाखमा १०.२७ प्रतिशत रहेको छ ।
त्यस्तै अन्तर बैंक व्याजदर चैत महिनामा ७ प्रतिशत रहेकोमा वैशाख महिनामा ७.०१ प्रतिशत पुगेको छ ।
त्यस्तै ९१ दिने ट्रेजरी बिलको स्थितति चालु आवको चैतमा ९.७४ प्रतिशत रहेकोमा वैशाखमा ९.६६ प्रतिशत रहेको छ ।
ट्रेजरी बिलको ब्याजदर घट्दा सरकारलाई ऋण लिने लागत कम हुने छ ।