Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्जा प्रवाह बढ्दै गएको राष्ट्र बैंकको तथ्याङ्क,नौ महिनामा ३ खर्ब ६१ अर्बबढी कर्जा प्रवाहित


कर्जा प्रवाह बढ्दै गएको राष्ट्र बैंकको तथ्याङ्क,नौ महिनामा ३ खर्ब ६१ अर्बबढी कर्जा प्रवाहित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । साउनदेखि चैत मसान्तसम्मको नाै महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाहित भएको छ । यो अघिल्लो वर्षको यही अवधिको भन्दा ७ दशमलव १ प्रतिशत धेरै हो । गएको वर्षको साउनदेखि चैतसम्ममा निजी क्षेत्रमा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नाै महिनामा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । योसहित चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन भएको छ ।

कुल सङ्कलन भएकाे निक्षेपमध्ये बचत खातामा २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बचत खातामा बैंकहरूले औसत ३ दशमलव ३९ प्रतिशत ब्याज दिँदै आएका छन् । मुद्दती खातामा २९ खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ जम्मा भएको   छ । यो खातामा औसत ६ दशमलव १० प्रतिशत ब्याजदर रहेको छ ।

२०७९ सालको पुषमा मुद्दती खाताको औसत ब्याजदर ११ दशमलव ४३ प्रतिशत रहेको थियो । तर पछिल्ला वर्षहरूमा बैंकमा लगानीयोग्य रकम अर्थात् तरलता थुप्रँदा ब्याजदर घटिरहेको छ ।