Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बढ्दो रेमिट्यान्स, एक महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबर भित्रियो


बढ्दो रेमिट्यान्स, एक महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबर भित्रियो

काठमाडौं । एक महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार चैत महिनामा सो बराबरको रेमिट्यान्स आप्रवाह भएको हो ।

फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रहेको रेमिट्यान्स चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो । यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो ।

वृद्धिदर भने अघिल्लो वर्षको भन्दा कम हो, गत वर्ष रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।

यो अवधिमा खुद ट्रान्सफर १३ खर्ब ०१ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो ।