काठमाडौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ६० अङ्कले बढेर २ हजार ६ सय ९४ दशमलव ६६ विन्दुमा पुगेको छ । बिहान ११ बजेर ३ मिनेटमा २ हजार ७ सय २६ विन्दुसम्म पुगेको थियो ।
आज बैंक, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूहको शेयर सामान्य घटेकोमा होटल र लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्स र प्योर इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढको छ । बजार सामान्य बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै साढे ६ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बुधवार ८ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड २० लाख कित्ता शेयर ९ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।