Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनएमबि बैङ्क र चार्टर्ड एकाउन्टेन्ट्स नेपालबिच सम्झौता


एनएमबि बैङ्क र चार्टर्ड एकाउन्टेन्ट्स नेपालबिच सम्झौता

काठमाडौं । समावेशी र मूल्य–आधारित बैङ्किङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालबिच सम्झौता भएको छ । मङ्गलबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता स्वरूप सम्झौता गरिएको एनएमबि बैङ्कले जनाएको छ । एनएमबि बैङ्कले वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो ।


चार्टर्ड एकाउन्टेन्ट्सका सदस्यहरूले बैङ्कबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट,सरल कागजात प्रक्रिया,एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्ने बैङ्कले जनाएको छ । साथै, एनएमबिको प्राथमिक बैङ्किङ सेवा अन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिनेछ । एनएमबि बैङ्कको पोर्टफोलियो विस्तार गर्ने साथै पेशागत वर्गहरूलाई पहुँचयोग्य तथा दीगो बैङ्किङ समाधान प्रदान गर्ने लक्ष्यको प्रतिबिम्ब भएको बैङ्कको भनाई छ । हाल एनएमबि बैङ्कले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।