काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र बैंकको गभर्नर नियुक्तिका नाममा पनि अनेक चलखेल र प्रपञ्च भइरहेको बताएका छन् ।
माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जनजागरण अभियान सम्पन्न गरेपछि शुक्रबार बैतडीको पाटनबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अभियानको उद्घाटनका क्रममा अध्यक्ष दाहालले वर्तमान सरकार गलत दिशातिर गएको आरोप लगाए ।
माओवादीले मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको छ । अभियानको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङलगायत प्रदेश तहका नेता कार्यकर्ताहरु सहभागी छन् । अभियान पाटनबाट सुरु भएर सोलुखुम्बुमा समापन हुने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।