काठमाडौं । नेपाल बैंकर्स सङ्घका पदाधिकारीहरूले नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार सङ्घका अध्यक्ष सन्तोष कोइराला नेतृत्वको प्रतिनिधिमण्डलले पौडेलसँग भेटवार्ता गरेको हो । उक्त भेटवार्तामा समितिका पदाधिकारीहरूले नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । सो अवसरमा सङ्घका पदाधिकारीले बैङ्किङ क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैङ्कको सहयोगको अपेक्षा रहेको बताए ।
गभर्नर पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए । पौडेलले आगामी मौद्रिक नीति जारी गर्नुअघि बैंकर र सरोकारवालासँग पूर्व छलफल गरेर ल्याउने आश्वासन दिएका थिए । यस अगाडि नीतिअघि सुझाव मागे पनि पूर्व छलफल गर्ने चलन थिएन ।