काठमाडौं । बन्दका समयमा मंहगो भाडा लिने २ सय ७८ जना राइडहरहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा सोमबार उपत्यका बन्द गरेको थियो ।
यातायात व्यवसायीहरूले सवारीसाधन ग्यारेजमै थन्क्याएर गण्डकी प्रदेशको नियमावली विरुद्ध असहमति जनाउँदै साङ्केतिक विरोध गरे । यसरी सोमबार सार्वजनिक यातायात बन्द भएपछि सर्वसाधारण भने मर्कामा परेका छन् ।
सार्वजनिक यातायात बन्दको मौका पारेर यता राइडरहरुले भने मनलाग्दी भाडा लिएका छन् । विभिन्न राइड सेयरिङ एप मार्फत राइडहरहरुले सर्वसाधारणबाट मंहगो भाडा लिएको प्रहरीले जनाएको छ ।