Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नौ महिनामा चालू खाता दुई खर्ब १० अर्ब २२ करोड बचतमा


नौ महिनामा चालू खाता दुई खर्ब १० अर्ब २२ करोड बचतमा

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा चालू खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षा अनुसार यस अवधिमा शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चालू खाता एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर तीन खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमो थियो । चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात ६५ दशमलव २ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने वस्तु आयात १२ दशमलव २ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँ पुगेको  छ ।

समीक्षा अवधिमा व्यापार घाटा ६ दशमलव ४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७ दशमलव ३ प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो वृद्धिदर १५ दशमलव २ प्रतिशत रहेको थियो ।