Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सीमित व्यक्तिहरूको हातमा ऋण गएको छः गभर्नर पौडेल


सीमित व्यक्तिहरूको हातमा ऋण गएको छः गभर्नर पौडेल

काठमाडौं । गभर्नर डा.विश्वनाथ पौडेलले सीमित व्यक्तिहरूको हातमा ऋण गएको आशङ्का व्यक्त गरेका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक बाफियामाथि अर्थ समितिमा आज भएको छलफलमा बोल्दै उनले बाफियासम्बन्धी कानून बनाउँदा सांसदहरूले विचार पुर्‍याउन जरुरी रहेको बताए ।

गभर्नर पौडेलका अनुसार भर्खरैको अध्ययनले १९ लाख ४० ऋणीमध्ये शून्य दशमलव ०१ प्रतिशतले ३ दशमलव ९ प्रतिशत ऋण प्रयोग गरेको देखाएको छ । ऋण प्रवाहको प्रक्रिया हेर्दा ऋण एक हदसम्म केन्द्रिकृत हुँदै गएको हो कि भन्ने रहेको बताउँदै उनले यसलाई पनि सांसदहरूले हेर्नुपर्ने बताए । अहिले देखापरेका चुनौतीलाई कानूनी रूपमा निरूपण गरिनुपर्ने गभर्नर पौडेलको भनाइ छ ।