Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

पैसा कहाँ छ ? भन्ने दिन आयो !


पैसा कहाँ छ ? भन्ने दिन आयो !

पछिल्लो महिना एउटै प्रश्नको सामना हरेक मानिसले गरिरहेका छन् । त्यो हो पैसा कहाँ छ । कहाँ छ पैसा त्यो जवाफ न प्रश्न कर्तासंग छ, न प्रश्न सोध्नेसंग नै छ । आखिर किन र कसरी पैसा बजारमा पुगेको छैन भन्ने प्रश्न अहिले यत्रतत्र रहेको  छ । मुख्यगरि मैले देखेको पैसा स्थानीय तहको निर्वाचन, संघ र प्रदेशको निर्वाचन र बदलिदो सरकार परिवर्तनमा खर्च भएको प्रष्ट छ । मुख्यगरि बजारमा पैसा बैंकबाट आउने हो ।

बैंकलाई राष्ट्र बैंकले पर्दान गर्छ भने, बैंकले लगानी कर्तालाई दिएको पैसा नै बजारमा पुग्ने हो । तर यो पटक त्यो भएन । सरकारले ठुलो रकम चुनावमा खर्च गर्दा राष्ट्र बैंकले बैकहरुलाई दिनो कर्जामा कटौति गर्यो । राष्ट्र बैकले बैंकहरुलाई बैंकहरुले सहकारी र वित्तीय क्षेत्रलाई कटौती गर्दा अहिले बजारमा पैसा छैन । बैंकल पैसा दिन नसक्दा ब्याज बढायो भने, सहकारीहरुले लगानी गरेको पैसा नउठ्दा सदस्यहरुबाट भाग्नु पर्ने अबस्था सृजना भयो ।

तर, पनि पैसा कहाँ छ ? राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमा भनेका छन् पैसा बैंकमा छ । बैंकहरूमा पर्याप्त पैसा जम्मा भइसकेको छ ५० अर्बको उत्पादनमूलक प्रोजेक्ट योजना लिएर आउने हो, भने पनि चिन्ता नगर्नुहोस्, उनले भनेका छन् ‘हामीसँग स्रोत छ, तर प्रोजेक्ट कार्यान्वयन गर्ने प्रतिबद्धता चाहियो, बैंकलाई अनुकूल प्रोजेक्ट हुनुप¥यो । उनको भनाईलाई आधार मान्ने हो भने के पैसा बैंकमा छ ? के बैंकले उपयुक्त प्रोजेक्ट पाए पैसा लगानी गर्न सक्छ ? तर उनको कुरामा कति सहमति दिन सकिएला ?

खासमा पैसा बैंकमा हुँदा उसले लगानी गर्ने तत्परता देखाउनु पर्छ । होइन भने बैंकमा पैसा राखेर जनतालाई भोकै राख्न त हुदैन होला नि ? अहिले कर्जा प्रभाह पारदर्शी नहुँदा हरेक बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी गर्न सकेका छैनन् भने, चर्काे व्याजदरका कारण ऋणीहरुले कर्जा लिन सकिरहेका छैनन् ।

यो अबस्थालाई कसरी दिल्छ ? राष्ट्र बैंकले । जनताले प्रश्न मात्रै गर्ने हुन त्यसको जवाफ त राष्ट्रले नै दिनु पर्छ होला ? लगानी कर्ताले लगानी गर्न नसक्ने ऋणीहरुले महंगो ब्याजदरका कारण कर्जा तिर्न नसक्दा बजारमा अहिले आर्थिक तरलता देखिएको प्रष्ट हुन्छ तर पनि पैसा कहाँ छ भन्ने कुरा प्रष्ट हुन आवश्यक छैन र ?