लघुवित्तका ऋणीहरुले सहुलियत पाउने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणीले सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई सहुलियत दिएको हो । राष्ट्र बैङ्कले एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्त कम्पनीका ऋणीले तिर्न बाँकी ब्याजको न्यूनतम ५ प्रतिश...