Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

देउराली सहकारीको फाइल सीआईबीमा


देउराली सहकारीको फाइल सीआईबीमा

काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारी बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गर्ने भएको छ ।देउरालीको फाइल सीआईबीमा पुगेसँगै सञ्चालकलाई पक्राउ गर्ने । गत बुधबार सहकारी विभागले उक्त सहकारीको अनुसन्धान गर्न र आवश्यक काम कारबाही गर्न भन्दै सीआईबीलाई पत्राचार गरेको थियो ।

विभागका प्रवक्ता टोलराज उपाध्यायले अब आवश्यक अनुसन्धानका आधारमा एक्सन लिन सकिने र सञ्चालकलाई पक्राउ गर्न सकिने बताएका छन् । सो सहकारीले बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने लोभ देखाएर बचत संकलन गरेको बचतकर्ताको आरोप छ । सहकारीले गत असार १ गते सुचना टाँसेर कारोबार बन्द गरेको थियो । त्यसअघि बचतकर्तालाई २५ हजार रुपैयाँमात्र बचत फिर्ता गरेको थियो ।

साना बचतकर्तालाई दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता गरेको थियो ।सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले बचतकर्ताको रकम दुई भागमा विभाजन गरेर भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए । सहकारी विभागले पठाएको पत्रले अब ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चौलागाईं लगायत सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई बाटो खुलेको छ ।