काठमाडौं । सन् २०२३ को जुन मा ७२ हजार पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जुन महिनामा हवाइ तथा स्थल मार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल भित्रिएका हुन्। जुन महिनामा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार भारतबाट ३८ हजार ८४५ पर्यटक भित्रिएका हुन्।
त्यस्तै, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट चार हजार ३४३, बेलायतबाट एक हजार ९९२ र अष्ट्रेलियाबाट एक हजार ६३९ जना पर्यटक आएका छन्।बोर्डका अनुसार सन् २०२३ को ६ महिना जनवरी देखि जुनसम्म ४ लाख ७६ हजार ५०७ जना पर्यटक नेपाल भित्रिएका छन्।
तथ्यांक अनुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७२ हजार ७३० जना पर्यटक भित्रिएका छन् ।