काठमाडौं । भारतदेखि डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसाले बढेको छ । मट्टीतेल प्रतिलिटर ५ पैसाले बढेको छ ।
यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १६० रुपैयाँले बढेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले नेपाल प्रेसलाई बताएका छन् । यस्तै हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको छ । यो बढेको मूल्यलाई आधार मान्दा निगमले आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा गर्नेछ । गत १५ दिनमा भने १ अर्ब ६२ करोड रुपैयाँ नाफा गरेको थियो ।