Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं महानगरपालिकाका १५० सहकारी समस्यामा, ६४ सिआइबीको छानविनमा


काठमाडौं महानगरपालिकाका १५० सहकारी समस्यामा, ६४ सिआइबीको छानविनमा

काठमाडौं,१७ असार । काठमाडौं महानगरपालिका अन्तर्गतको सहकारी विभागका अनुसार काठमाडौंमा सञ्चालनमा रहेका सहकारीमध्ये हालसम्म एक सय ५० वटा सहकारीमा समस्या देखिएको छ। अहिलेसम्म एक सय ५० वटा सहकारीमा समस्या देखिएको छ, काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक बलराम त्रिपाठीले भने तर, यसमध्ये जटिल समस्या देखिएका ६८ वटा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हेरिरहेको छ।

महानगर अन्तर्गतको सहकारी विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९-८० मा मात्रै २४ वटा सहकारीको फाइल सिआइबीमा पुगेको छ। यी २४ वटाको मात्रै करिब २९ करोड रकम हिनामिना भएको भन्दै उजुरी परेको हो। महानगरका अनुसार काठमाडौंमा सञ्चालित सहकारीसम्बन्धमा वि.सं २०७२ यता यस्ता उजुरी परेका हुन्। हालसम्म यसरी उजुरी परेको कुल ६८ वटा सहकारी सिआइबी कहाँ पठाइएको छ। यी सहकारीमा कुल एक अर्ब १३ करोड ४२ हजार रूपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको हो।