Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा भारी गिरावट


सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५३.७० अंक घटेर २०९७ मा कायम भएको छ । कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो । बजारका सबै उपसमूह घटेका छन् ।

जसमध्ये बैंकिङ २९प्रतिशत विकास बैंक १३६ प्रतिशत फाइनान्स ३८प्रतिशत , होटल तथा पर्यटन १५४ प्रतिशत, जलविद्युत् ७९प्रतिशत, जीवन बीमा १५१प्रतिशत, उत्पादन १२९प्रतिशत , माइक्रोफाइनान्स १९८प्रतिशत, निर्जीवन बीमा ११३प्रतिशत, अन्य ३७ र ब्यापार उपसमूह ६० अंक घटे। दुई कम्पनी बीपीडब्लु लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो ।

सिर्जनशील लघुवित्त र माउन्टेन इनर्जीको मूल्य ९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, सूर्याज्योति लाइफ इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।