काठमाडौं । ग्रेटवाल मोटर्सका गाडी खरिद गर्ने नबिल बैंकले कर्जा दिने भएको छ । ग्रेटवाल मोटर्स (जिडब्लुएम) सवारीसाधनको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता भिजिइम्पेक्स प्रालि र नबिल बैंक लिमिटेडबीच कर्जा लगानी गर्नेसम्बन्धी सम्झौता भएको हो ।जिडब्लुएमको इन्टरनल कम्बसन इन्जिन (आइसिई) सवारीसाधन हाभल जोलायन, हाभल एच ६, पावर र विद्युतीय गाडी ओरा ०३ मा बैंकले फाइनान्सिङ सुविधा दिने बताइएको छ ।
सम्झौतामा जिडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रूपेश शर्मा भट्ट र नबिल बैंककी हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरेको बताइएको छ । सम्झौताअनुसार ग्राहकले नबिल बैंकद्धारा कुनै पनि जिडब्लुएमका गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्ने कम्पनीले बताएको छ । बैंकले १२.९० प्रतिशत ब्याजदरमा आइसिई मोडललाई ५० प्रतिशतसम्म इभीका लागि ८० प्रतिशत अटो कर्जा उपलब्ध गराउने उल्लेख छ ।
दुवै प्रकारका गाडीका लागि ऋणको अवधि भने सात वर्षको हुने जनाइएको छ । सम्झौताले ठूलो संख्यामा अटोमोबाइलप्रेमीले जिडब्लुएम नेपालबाट नै आफूलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । यो सुविधा बैंकको कुनै पनि शाखामा प्राप्त हुने बताइएको छ ।