Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जापानमा गर्मीको सामना गर्न नयाँ कार्ययोजना


जापानमा गर्मीको सामना गर्न नयाँ कार्ययोजना

एजेन्सी । जापान सरकारले अत्यधिक गर्मी बढेपछी गर्मीको सामना गर्न नयाँ कार्ययोजना लागू गरेको छ । कार्ययोजना अन्तर्गत सरकारले विशेषगरी वृद्धवृद्धाहरूलाई आवश्यक एयर कन्डिसनर प्रयोग गर्न र पर्याप्त पानी प्रयोग गर्न आह्वान गरेको हो ।

अत्यधिक गर्मीको समयमा घरभित्रै बस्न पनि आह्वान गरिएको छ । गर्मीबाट प्रभावित वर्गसँग वातावरण अनुकुल घर नभएको पाइएको छ । सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न तथा बालबालिकालाई विद्यालय जाँदा सवारी साधनमा आवश्यक मापदण्ड पुरा गर्न पनि भनेको छ । गर्मीका कारण विगत पाँच वर्षको तथ्यांकमा वार्षिक एक हजार २ सय ९५ जनाको ज्यान जाने गरेको उल्लेख गरिएको छ ।