Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विश्व शेयर बजार प्रभावित


विश्व शेयर बजार प्रभावित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको नयाँ भन्सार कर लगाउने निर्णय र अमेरिकामा रोजगारीको सङ्ख्या अपेक्षाभन्दा कम देखिएपछि विश्व शेयर बजार प्रभावित भएको छ । ट्रम्प प्रशासनले ७० देशमाथि नयाँ शुल्क लगाएको छ ।

यस्तै अमेरिकी श्रम विभागका अनुसार, जुलाई महिनामा केवल ७३ हजार नयाँ रोजगारी सिर्जना भएको छ । जुन विश्लेषकहरूको अपेक्षाभन्दा निकै कम हो । साथै, मे र जुन महिनाको रोजगार तथ्याङ्कलाई पनि घटाएर संशोधन गरिएको   छ । यीनै दुई कारणले विश्व शेयर बजार प्रभावित भएको हो ।

अमेरिकी डाउ जोन्स सूचकाङ्क १ दशमलव २ प्रतिशतभन्दा बढीले घटेर खुलेको छ भने पेरिस र फ्राङ्कफर्टका सेयर बजार दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् ।

अमेरिकी डलरले पनि प्रमुख मुद्राहरूको तुलनामा आफ्नो पहिलाको लाभ गुमाएको छ । ट्रम्पले अमेरिकी बजारमा औषधिको मूल्य नघटाएमा कडा कदम चाल्ने चेतावनी दिएपछि युरोपेली औषधि कम्पनीहरूको सेयर मूल्य पनि घटेको छ ।