धनगढी । अछामको साँफेबगर नगरपालिकामा शनिबार राति भएको भिषण आगलागीमा एक करोड ९२ लाख ८० हजार ३५० रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीले महेन्द्र कार्कीले सञ्चालन गरेको दिपसत्य जनरल स्टोरमा सबैभन्दा बढी ७० लाखको क्षति पुर्यायो भने पवन कुँवरको श्री शम्भु सु सेन्टरमा २९ लाख र तपेन्द्र ठकुल्ला र देवकी कार्कीको न्यु बैजनाथ फेन्सी स्टोरमा २६ लाख ५ हजार ३ सय ५० रुपैयाँ बराबरको क्षति भयो । यसैगरी कल्पना खड्का कुँवरको राजेश्वर कृषि तथा पशुपन्छी फर्ममा १९ लाख २० हजार, कर्ण बहादुर कुँवरको आकाश एग्रोमेन्ट सेन्टरमा १५ लाख, निर्मला गिरीको युनिसा फेन्सी पसलमा १२ लाख ९० हजार र बलवहादुर कुँवरको सन्देश किराना पसलमा १० लाख २० हजारको क्षति भएको छ । आगलागीले किशोर भाटको मदिरा पसल, धामी खुद्रा पसल र बजबहादुर कुँवरको घरमा समेत गरी कुल एक करोड ९२ लाखभन्दा बढीको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
