Monday, November 03, 2025

२०८२ कार्तिक १८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक सातामा तने बोडीको भाउ ५७ प्रतिशतले वृद्धि


एक सातामा तने बोडीको भाउ ५७ प्रतिशतले वृद्धि

काठमाडौं ।  स्थानीय बजारमा तने बोडीको भाउ निरन्तर बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार पनि तने बोडीको भाउ बढेको देखाएको छ ।

आज सोमबार तने बोडी प्रतिकिलो थोकमा औसत ३९ रुपैयाँ बढेको छ । हिजो आइतबार प्रतिकिलो थोकमा १ सय ५६ रुपैयाँमा किनबेच भएको तने बोडी आज प्रतिकिलो १ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै एक साता अवधिमा भने तने बोडीको भाउ प्रतिकिलो ५७ प्रतिशत बढेको छ । ११ कात्तिकमा तने बोडी प्रतिकिलो १ सय ८ रुपैयाँमा किनबेच भएको थियो । एक साता अवधिमा तने बोडीको भाउ प्रतिकिलो ६२ रुपैयाँले बढेको छ ।