Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दशैंका लागि नयाँ नोट असोज २९ गतेदेखि सटही हुने


दशैंका लागि नयाँ नोट असोज २९ गतेदेखि सटही हुने

काठमाडौं, दशैंका लागि असोज २९ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ।

राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थाद्वारा नयाँ नोट सटही सुविधा पाइनेछ। बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको माग अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ । मुख्य गरी दशैंका लागि नयाँ नोटको माग उच्च हुने गरेको छ।