काठमाडौं । लामो समय वित्त क्षेत्रमा देखिएको तरलताका कारण देशको आर्थिक क्षेत्र बेचयन भएको छ । देशका ठुला सहकारीहरु एकाएक समस्या आउनु तथा सहकारी संस्थाहरुमा ठुलो आर्थिक तरलता बढ्नुले वित्त क्षेत्र थप समस्या छ । भने, लघुवित्त तथा वित्तीय कारोबार गर्ने अधिकांस संस्थाहरु समस्यामा पर्दा बजार पनि उस्तै शून्यगतिमा अघि बढेको छ । यहि अवस्था अहिले बजारमा एउटा बैंकका विषयमा निकै चर्चा हुने गरेको छ ।
देशका करिब ४१ लखबढी सेवाग्राही र छोटो समयमै वित्त क्षेत्रमा आफ्नो पहुँच विस्तार गरेको बैंक एनआईसीका विषयमा खुबै चर्चा हुने गरेको छ । चर्चा दुई प्रकारका हुन्छन्, एउटा हाम्रो अर्काे नराम्रो कुनै समय बैंक पनि साथी पनि भनेर चिनिएको एनआईसी एसिया पछिल्लो समय दुश्मनका रुपमा चर्चा कमायो । अहिले बैंक बन्द हुने हल्लाले वित्तीय क्षेत्रलाई थप त्रासमा पारेको छ । अहिले जताकतै सामाजिक सञ्जालमा एनआईसी एसिया बैंकका विरुद्धमा लेखिएका ‘स्टाटस’ पढ्न पाइन्छ भने, अधिकांस मिडियाले बैंकका वित्तीय अवस्थाका विषयमा लेखिरहेका छन् ।
यहि अवस्थामा हामीले एनआईसी एसिया बैंकको कीर्तिपुर क्षेत्रमा रहेका शाखामाहरुको ग्राउण्ड रिर्पाेटिङ गरेका छौं । बजारमा आएको हल्ला, सामाजिक सञ्जालमा लेखिएका विषयबस्तु र मंगलबारमात्रै राष्ट्र बैंकले जारी गरेको विज्ञप्तीलाई आधार बनाउदा बैंकमा कहि न कहि समस्या हो भन्ने देखाएको छ । एनआईसी एसिया बैंकमा विरुद्धमा दुर्गा प्रसाईँ जस्ता स्वघोषित अभियन्ताहरु सार्वजनिक रुपमै बैंक विरुद्धमा बोल्दै पैसा झिक्न जनतालाई उस्काई रहेका छन् । यस्तो अवस्थामा देशैभरि बैंकप्रति नकारात्मक प्रभाव पर्दै गएको छ । कतै एनआईसी एसिया बैंकको पनि अवस्था सहकारी संस्थाहरु जस्तै त हुदैन भन्ने प्रश्नका बीचमा हामीले कीर्तिपुर नगरपालिका क्षेत्रमा रहेका शाखाहरुको अवलोकन गरेका छौं ।
मुख्यगरि नयाँ बजार शाखा, ट्याङग्ला चोकमा रहेका एनआईसी एसिया बैंकका कर्मचारीहरुलाई सेवाग्राहीको फोनले सताएको देखियो । दिनहुँ जसो शाखाका उच्च तहदेखि सामान्य कर्मचारीहरुलाई बैंकको अवस्थाका विषमया बुझ्नेहरुको भिडनै लागेको पाइयो । मुख्यगरि ट्याङग्ला चोक भन्दा पनि कीर्तिपुरको मुख्य बजार क्षेत्रमा रहेको शाखामा सेवाग्राहीको ठुलो भिड छ । त्यो भिड रकम झिक्नेमात्रै हो भन्न मिल्दैन किन कि बैंकहरुले आफ्नो वित्तीय प्रणाली केन्द्रीय कार्यालयबाट सार्वजनिक गर्ने भएकाले शाखाले त्यस्तो डाटा उपलव्ध गराउन मान्दैन ।
कीर्तिपुरमा रहेका एनआईसी एसिया बैंकको शाखाको अवस्था के हो ?
कीर्तिपुर नयाँ बजार, ट्याङग्लाफाट, भत्केपाटी लगायत क्षेत्रमा सेवा केन्द्रसहित ४ वटा शाखा छन्, तर कीर्तिपुरलाई मुख्य मान्दै बैंकले कीर्तिपुर नयाँ बजार शाखाबाटै हेर्नेगरि करिब ६ वटा शाखालाई निर्धारण गरेको पाईयो त्यसमा करिब १ लाख सेवा ग्राहीहरु छन् । कीर्तिपुर नगरपालिका क्षेत्रमा मात्रै करिब ३१ हजारबढी सेवाग्राही रहेको पाइएपनि बैंकले त्यसको आधिकारिकता दिएको छैन । जे होस् यसैलाई आधार मान्दा पनि कीर्तिपुर क्षेत्रमा रहेका ३१ हजार सेवाग्राहीहरु अहिले एनआईसी बैंक डुब्दैको खबरले चयनको निद्रा सुत्न पाएका छैनन् । कि न कि कुन समय बैंक बन्द हुने हो भन्ने त्रास बढ्दो छ । एउटा विषय के हो भने, केहिगरि कीर्तिपुर शाखा बन्द भए कीर्तिपुर क्षेत्रका सेवाग्राहीले जम्मागरेको रकम कस्ले फिर्ता दिन्छ ? यो कीर्तिपुर क्षेत्रका मानिसहरुल खोलेको सहकारी संस्था होइन शाखा यहाँ भएपनि यसको सबै कारोबार केन्द्रबाटै हुन्छ, त्यो भनेको बैंकको हेडअफिस हो । दुबै शाखामा हामी सेवाग्राहीका हिसावले अवलोकन गर्दा शाखामा निक्षेप फिर्ताको अवस्था निको छैन ।
अर्थात अवस्था पहिलेको भन्दा फरक छ, दुबै शाखामा सेवाग्राहीको भिड छ, भने बैंकका कर्मचारीहरु ऋण लिएकाहरुसँग ब्याज असुलीमा ताकेता गरेको पाइन्छ । शाखाले अहिले कुनै पनि विजनेसलाई ऋण प्रवाह गरेको छैन । ‘शाखाका उच्च पदका कर्मचारीलाई नाम उल्लेख नगर्ने सर्तमा हामीले प्रश्न गर्यौं अहिले शाखामा पैसा फर्ताको चाप कस्तो छ ? हाल बैंकको अवस्था के हो ? एक साताभित्र कति पैसा झिकियो भन्ने विषयको रिर्पाेट भन्न मिल्छ’ ?
‘उहाँहरुको जवाफ थियो, तयाई सेवाग्राही हो भने, बैंकको अवस्था ठिक छ, पत्रकार वा अन्य कुनै उद्धेश्यले शाखाको अवस्था बुझ्न खोज्नु भएको हो भने, केन्द्रीय कार्यालयका सूचना अघिकारीसँग बुझ्न सक्नु हुन्छ’ ।
मुख्यगरि बैंकको हालको अवस्था सन्तोष-जनक नभएको बैंकिङ क्षेत्रका विज्ञहरुले बताएका छन् । कुनै समय हातमै ऋण दिने बैंक अन्ततःत्यहि ऋण उठाउन उसले अपनाएको हरकतका कारण थप बैंक बदनामको दिशा तर्फ उन्मुख भएकै हो । त्यसमा पनि पछिल्लो बैंकको स्थितिले सो रुपमलाई प्रष्ट पारेको छ । यता कीर्तिपुरको हकमा भने शाखाका त्यस्तो कुनै प्रभाव नपरेको दावी बैंकको छ ।
कीर्तिपुर क्षेत्रमा बसोबास गर्ने अधिकांस मानिसहरु शिक्षीत भएकाले पनि हालको बैंकिङ स्थीतिको आकलन सजिलै गर्ने गरिएको शाखाका केहि कर्मचारीहरुको दावी छ । भने, बैंकले देशभरि रहेका केहि शाखालाई बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिएको पनि उल्लेख गरेको छ । धेरै शाखा विस्तार गर्दा ग्राहक बढेपनि निक्षेप संकलन तथा कारोबार राम्रो नभए बन्द गर्न सक्ने प्रावधान छ । यसलाई बैंक ढुब्ने खतरा मान्न नसकिने बैंकिङक क्षेत्रका विज्ञहरुको भनाई छ ।
बैंकले देशभरि अत्यधिक शाखा तथा सेवा केन्द्र विस्तार गरेको छ । बैंकले राष्ट्र बैंकको नियम नमानेको, राष्ट्र बैंकले कारबाही गर्ने भएपछि बैंकको डेपुटी सीईओले राजीनामा दिएको, राष्ट्र बैंकमा गलत विवरण पेस गरेको र कर्जा प्रवाह गर्दा नियम उल्लङ्घन गरेको जस्ता विषयले बैंकप्रतिको विश्वास कम हुदै गएको विज्ञहरुको भनाई छ ।
त्यस्तै, –ओभर भ्यालुएसन गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला भएपछि धितो लिलामीको नाममा जफत गर्ने गरेको, बैंक तथा वित्तीय संस्थामध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनु परेको, किस्ता तिर्न ढिलो भएका ऋणीको घरमा सुरक्षागार्ड राखेर मानसिक यातना र सामाजिक बेइज्जती गरेको, बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको प्रमाणित भएको, ऋणीले ब्याज तिरिरहेको बेला उसको सम्पत्ति लिलामी गर्ने गरी बैंकले आफ्नो नाममा बनाएको, ऋण स्वीकृत गरेको ब्यक्तिको रकम आफैँ निकालेर अपचलन गरेको जस्ता विवरण भेटिएका छन् ।
तथ्यांकमा बैंकको स्थिति
– चालू आवमा बैंकको नाफा ४१ दशमलव ८४ प्रतिशतले गिरावट
– खराब कर्जा ९५ प्रतिशतभन्दा बढीले वृद्धि
– गैरबैंकिङ धितो साढे ३ अर्ब रुपैयाँभन्दा बढी, धितो दुई वर्षसम्म लीलाम हुन सकेनन्
– ऋण नउठ्दा बैंकले यस वर्ष ५ अर्ब ६२ करोड ९० लाख रुपैयाँ ‘लोन लस्ट प्रोभिजन’ गर्न बाध्य
– ८० भन्दाबढी ऋणीसँग १ अर्ब रुपैयाँ ऋण असुली गर्न ऋण असुली न्यायाधीकरणमा मुद्दा खेप्दै
– ब्याज आम्दानी १० दशमलव १३ प्रतिशत र सञ्चालन नाफा २४ दशमलव १३ प्रतिशत घट्यो
– वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक
– प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९ पैसा घट्यो
विज्ञापनले ग्राहकको मनस्थीति बदल्दै
बैंकले केहि सातादेखि देशका ठुला मिडियामा आफुहरु अब्बल छौं भन्दै विज्ञापनको बर्षा नै गरेको छ । राष्ट्रिय दैनिक पत्रपत्रिकादेखि अनलाइन मिडियाहरुमा देख्न सकिन्छ, ठूल्ठूला अक्षरमा ‘म एक जिम्मेवार नागरिक हुँ’ भनी लेखिएको एनआईसी एसिया बैंकको विज्ञापन । देश बनाउने जिम्मेवारीसमेत बोकेको उल्लेख गर्दै बैंकका सेवाग्राहीसँग याचना गरिएको छ–हल्लाको पछाडी नलाग्न अपिल गरिएको छ । तर ब्याज वृद्धि, ऋण लगानी, निक्षेप संकलन उपकरण र धितो लिलामीमा एनआईसी एसिया बैंकले अव्यवसायिक गतिविधि देखाउँदा बैंक थप संकटमा फसेको भने निश्चित छ ।
-कान्तिपुरमा प्रकाशित विज्ञापन सामग्री
बैंकले विज्ञापनमा देखाएको तथ्याङक
६ वर्षमा एनआईसी एशिया बैंकको सूचकांकहरुमा छलाङ, २००९ प्रतिशतसम्म वृद्धि-
बैंकले उपलब्ध गराएको तथ्यांकका अनुसार आर्थिक वर्ष २०७३-७४ देखि आर्थिक वर्ष २०८०-०८१ को पौष मसान्तसम्म आइपुग्दा कुल कर्जा प्रवाहमा एन आई सी एशिया बैंक समग्र बैकिङ्ग क्षेत्रभन्दा निकै अगाडि रहेको छ । यस अवधिमा समग्र बैकिङ्ग क्षेत्रको औसत कुल कर्जा संकलन १७ खर्ब ३५ अर्ब ३२ करोडबाट १५९ प्रतिशतले वृद्धि भएर ४४ खर्ब ९१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । जब कि यस अवधिमा यस बैंकको कुल कर्जा प्रवाह ७२ अर्ब ५६ करोड २० लाख रुपैयाँबाट ३१७ प्रतिशतले वृद्धि भएर चालु आव २०८०÷०८१ को पुस मसान्तसम्म आइपुग्दा ३ खर्ब २ अर्ब ६५ करोड ६० लाख पुगेको छ । निक्षेप संकलनमा समग्र बैंकिङ क्षेत्रमा २० खर्ब ९३ अर्ब २५ करोडबाट १५९ प्रतिशतले वृद्धि भएर ५४ खर्ब २९ अर्ब ६८ करोड हुँदा यस बैंकको भने ८६ अर्ब ६९ करोडबाट ३४० प्रतिशतले वृद्धि भएर ३ खर्ब ८१ अर्ब ३९ करोड भन्दा धेरै भइसकेको छ ।
त्यस्तै, वासलातको आकारमा पनि यो बैंकले ९९ अर्ब २७ करोड ४० लाखबाट ३३७ प्रतिशतले वृद्धि भएर ४ खर्ब ३३ अर्ब ६१ करोड रुपैयाँभन्दा धेरै पुगेको छ जब कि यस अवधिमा समग्र बैकिङ्ग क्षेत्र २५ खर्ब ६५ अर्ब ९८ करोड रुपैयाँबाट १५७ प्रतिशतले वृद्धि भएर ६५ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । कुल बचत तथा चल्ति निक्षेप (कासा) तर्फ यस बैंकले २८ अर्ब ६५ करोड ६० लाखबाट ३६३ प्रतिशतले वृद्धि भएर १ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँभन्दा धेरै पुगेको छ । जब कि यस शीर्षकमा समग्र बैकिङ्ग क्षेत्रमा ९ खर्ब २८ अर्ब ८२ करोडबाट १०७ प्रतिशतले वृद्धि भएर १९ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थमा समग्र बैंकिङ क्षेत्र नकारात्मक वृद्धि हुँदा यस बैंकको प्रगति भने निकै राम्रो छ । यस बैंकको प्रति शेयर आम्दानी २३.०६ रुपैयाँबाट ११ प्रतिशत वृद्धि भएर २५.५९ रुपैयाँ पुगेको छ भने समग्र बैकिङ्ग क्षेत्र २४.९८ रुपैयाँबाट ३८ प्रतिशतले घटेर १५.४६ रुपैयाँमा झरेको छ । त्यस्तै, यस बैंकको प्रति शेयर नेटवर्थ पनि १५१ रुपैयाँबाट ३६ प्रतिशत अर्थात ५४.१० रुपैयाँले वृद्धि भएर २०५.१० रुपैयाँ पुगेकोमा समग्र बैंकिङ क्षेत्र १८२.६१ रुपैयाँबाट १ प्रतिशत अर्थात २.६२ रुपैयाँले घटेर १७९.९९ रुपैयाँमा झरेको छ ।
स्वःपूँजीमा प्रतिफल समग्र बैंकिङ क्षेत्र १७.५२ प्रतिशतबाट ५० प्रतिशतले घटेर ८.७१ प्रतिशतमा झरेको छ भने एनआईसी एशिया बैंक भने १६.८४ बाट १२.७३ मा, अर्थात २४ प्रतिशतले मात्र कमी आएको छ । यस बैंकको निष्क्रिय कर्जा अनुपात निकै कम छ । समग्र बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा अनुपात औसतमा ३.६३ प्रतिशत रहँदा एन आई सी एशिया बैंकका निष्क्रिय कर्जा अनुपात १.१९ प्रतिशतमात्र रहेको छ ।
यस बैंकको ग्राहक संख्या ५ लाख ५४ हजारबाट ६४१ प्रतिशतले वृद्धि भएर ४१ लाख ७ हजारभन्दा धेरै पुगिसकेका छन् । समग्र बैकिङ्ग क्षेत्रमा ग्राहक संख्या १ करोड ६१ लाखबाट १८५ प्रतिशतले वृद्धि भएर ४ करोड ५९ लाख पुगेका छन् । त्यस्तै, यस बैंकका डेविट कार्ड प्रयोगकर्ता १ लाख ६० हजारबाट १११२ प्रतिशतले वृद्धि भएर १९ लाख ४४ हजारभन्दा धेरै भइसकेका छन् । जब कि यस अवधिमा समग्र बैकिङ्ग क्षेत्रको डेविट कार्ड प्रयोगकर्ता ४६ लाख ९४ हजारबाट १५० प्रतिशतले बढेर १ करोड १७ लाख ३६ हजार पुगेको छ ।
मोबाइल बैंकिङ प्रयोगकर्तामा यस बैंकले छलाङ मारेको छ । यस अवधिमा यस बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १ लाख २० हजारबाट २००९ प्रतिशतले वृद्धि भएर २५ लाख ४१ हजारभन्दा धेरै पुगेका छन् । जब कि समग्र बैंकिङ क्षेत्रमा २४ लाख ३८ हजारबाट ७२१ प्रतिशतले बढेर २ करोड पुगेका छन् ।