Friday, November 07, 2025

२०८२ कार्तिक २२, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ग्लोबल आईएमई बैंकः१ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा


ग्लोबल आईएमई बैंकः१ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.९ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन आम्दानी बढ्नु र लोन लस प्रोभिजन सामान्य घट्दा पनि नाफामा योगदान पुगेको देखिन्छ ।

खुद ब्याज आम्दानी सामान्य बढेको छ । यस्तो आम्दानी पहिले ४ अर्ब ११ करोड रहेकोमा अहिले ४ अर्ब १३ करोड रुपैयाँ छ । त्यस्तै फी तथा कमिसन आम्दानी पनि सामान्य बढेको छ ।

लोनलस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) सामान्य घटेको छ । यस्तो रकम पहिले १ अर्ब ७ करोड रहेकोमा अहिले १ अर्ब १ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले १६.७४ रहेकोमा अहिले १९.५१ रुपैयाँ छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ छ । असोज मसान्तसम्म वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड रुपैयाँ छ । वितरणयोग्य प्रतिसेयर नाफा २२।९५ रुपैयाँ हो । बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ ।

कुल कर्जामा यस्तो कर्जाको अंश गत वर्षको असोज मसान्तसम्म ४.६७ प्रतिशत रहेकोमा अहिले ४.९८ प्रतिशत छ । आधार दर एक वर्षको अवधिमा ७.२९ बाट ५.४० प्रतिशतमा झरेको छ ।