काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले एक दर्जन कार्यकारी निर्देशकको सरुवा गरेका छन् । गभर्नरले सोमबार निर्णय गर्दै बुधबारदेखि कार्यान्वयन हुने गरी ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् ।
गभर्नर कार्यालयका अनुसार जिम्मेवारी हेरफेर भएका कार्यकारी निर्देशकमध्ये मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मा पङ्गेनी गभर्नरको कार्यलयमा तानिएका छन् । त्यसैगरी बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका गुरु पौडेल मानव संसाधन व्यवस्थापन विभागमा सरुवा भएका छन् ।
राष्ट्र बैंकको प्रवक्ता समेत रहेका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डितलाई विदेशी विनिमय विभागको जिम्मा तोकिएको छ । हाल वित्तीय संस्था सुपरीवेक्षण विभागमा रहेका सत्येन्द्र तिमिल्सिना बुधबारदेखि भुक्तानी प्रणाली विभागको नेतृत्व गर्नेछन् ।
