काठमाडौं । शुक्रबार प्राधिकरणले २० करोड ९९ लाख ७१ हजार २५० रुपैयाँ यथाशीघ्र कार्यालयलाई भुक्तानी गर्न भन्दै वायु सेवा निगमलाई पत्राचार गरेको हो । भुक्तानी नगरिए नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को ३३ बमोजिम कानुनी कारबाही गरिने समेत जारी पत्रमा उल्लेख गरिएको छ । यसअघि पनि प्राधिकरणले बक्यौता बुझाउन भन्दै निगमलाई पत्राचार गरेको थियो ।

