Tuesday, July 29, 2025

२०८२ श्रावण १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वैदेशिक रोजगारीले बढाउँदै आम्दानीस् रेमिट्यान्सको लगानी ‘घर जग्गा र सुन’ किन्नमा बढी


वैदेशिक रोजगारीले बढाउँदै आम्दानीस् रेमिट्यान्सको लगानी ‘घर जग्गा र सुन’ किन्नमा बढी

काठमाडौं, वैदेशिक रोजगारद्वारा नेपाल भित्रने रेमिट्यान्स घर जग्गा तथा सुन खरिदमा लगानी हुने गरेको पाइएको छ। नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव बारे गरिएको अध्ययनले यस्तो देखाएको हो।लुम्बिनी प्रदेशका ५ जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका ३८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको हो।

अध्ययन प्रतिवेदन अनुसार विदेशबाट पठाएको रेमिट्यान्स अनुत्पादक क्षेत्रमै बढी लगानी भएको उल्लेख छ। घर निर्माण वा घर जग्गा खरिदमा ६८.४१ प्रतिशत लगानी गरेका हुन्। यस्तै, सुनचाँदी खरिदमा पनि ५२.६७ प्रतिशत रेमिट्यान्स लगानी भएको देखिएको छ। यसका साथै ६६.०२ प्रतिशत रेमिट्यान्स रकम भने बैङ्कमा बचत गरेको पाइएको छ।अध्ययन अनुसार नेपाल भित्रने रेमिट्यान्सको सबैभन्दा कम लगानी सेयर खरिदमा देखिएको छ।

यस क्षेत्रमा ४.४४ प्रतिशत मात्रै लगानी गरेको देखिन्छ। राष्ट्र बैङ्कका अनुसार व्यापार व्यवसायमा १२.२७ प्रतिशत, सामाजिक कार्यमा १२.०१ प्रतिशत र व्यक्तिगत लगानीमा ९.१४ प्रतिशत लगानी गरेको पाइएको हो। केन्द्रीय बैङ्कले वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्थामा परेको विभिन्न प्रभावहरूलाई लिकर्ट स्केल प्रश्नावलीका आधारमा बढेको, यथावत् र घटेको गरी तीन भागमा वर्गीकरण एवम् विश्लेषण गरेको छ।

वैदेशिक रोजगारीमा गएका परिवारहरूको आर्थिक अवस्था मूल्याङ्कन गर्न लिइएका विभिन्न ८ वटा आर्थिक पक्षमा करिब ९६.० प्रतिशत उत्तरदाताले वैदेशिक रोजगार पश्चात् दैनिक उपभोग खर्च र चाडपर्व,मनोरञ्जन,सामाजिक खर्च बढेको बताएका छन् । करिब ६५.० प्रतिशत उत्तरदाताले व्यापाररव्यवसाय, गरगहना र घर,घडेरी खरिद बढेको बताएका छन् ।