काठमाडौं,भदौ २९। पछिल्लो समयमा भारत प्रत्यक्ष वैदेशिक लगानी भित्राउने मुलुकहरुको सूचीमा अग्रस्थानमा आउने भएको छ । आर्थिक वर्ष २०२२,२३ मा भारतमा अमेरिकाले सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) गरेको हो । भारतीय केन्द्रीय बैंक– रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा एफडीआई द्वारा लगानी गर्ने देशहरुको सूचीमा शीर्षस्थानमा अमेरिका रहेको छ । यस्तै दोस्रो स्थानमा मौरीसीयस र तेस्रो स्थानमा बेलायत छ ।
आर्थिक वर्ष २०२२,२३ मा अमेरिकाले भारतमा ८ लाख ५८ हजार ११६ करोड लगानी गरेको छ । जुन भारतले एफडीआई द्वारा भित्र्याएको लगानीको कुल १७.२ प्रतिशत हिस्सा हो । दोस्रो स्थानमा रहेको मौरीसीयसले सोही आवमा भारतमा ७ लाख ४३ हजार ७८१ करोड भारु लगानी गरेको छ । जुन कुल प्रत्यक्ष वैदेशिक लगानीको १४.९ प्रतिशत हो । यस्तै तेस्रो स्थानमा सूचीकृत भएको बेलायतले ७ लाख ८ हजार ७३२ करोड एफडीआई द्वारा लगानी गरेको हो ।
आर्थिक वर्ष २०२२,२३ मा सिंगापुरले भारतमा ६ लाख ५९ हजार १६ करोड लगानी गरेको छ भने नेदरल्यान्डस्ले ५ लाख ३२७ करोड लगानी गरेको छ । जापानले ३ लाख ९८ हजार ९५५ करोड, स्वीजरल्यान्डले २ लाख ६९ करोड ८३५ करोड भारु, जर्मनीले १ लाख ६४ हजार ७ करोड भारु, फ्रान्सले १ लाख १४ १४ हजार २२५ करोड र दक्षिण कोरियाले ९८ हजार ५१० करोड लगानी गरेको छ । यी बाहेकका अन्य देशहरुले भारतमा ४ लाख ७७ हजार ८६६ करोड भारु लगानी गरेका छन् ।
भारतका लगानीकर्ताहरुले समेत अन्य देशहरुमा लगानी गर्ने गरेका छन् । विशेषतः कर व्यवस्था सहज भएका देशहरुमा भारतको लगानी रहेको छ । आरबीआईले सार्वजनिक गरेको प्रतिवेदनमा भारतले बाह्य प्रत्यक्ष लगानी द्वारा सिंगापुरमा सर्वाधिक लगानी गरेको छ । आर्थिक वर्ष २०२२र२३ मा भारतले सिंगापुरमा २ लाख ३ करोड २३३ करोड भारु लगानी गरेको छ ।
यस्तै अमेरिकामा १ लाख २४ हजार १२३ करोड, बेलायतमा १ लाख १६ हजार ३९८ करोड, नेदरल्यान्डस्मा १ लाख ६ करोड ३९५ करोड, युएईमा ८७ हजार ४५९ करोड, मौरीसीयसमा ७६ हजार ८८१ करोड, स्वीजरल्यान्डमा २८ हजार २२८ करोड, र्बमुडामा १२ हजार ५८२ करोड, जर्सीमा ११ हजार ६६१ करोड भारु, साइप्रसमा ९ हजार ९८५ करोड र यी बाहेकका अन्य देशहरुमा १ लाख ३४ हजार १२४ करोड लगानी गरेको छ ।