काठमाडौँ — अभिनेत्री गौमाया गुरुङ बर्लिनाले ट्यालेन्टुमा छनोट भएकी छन् । फेब्रुअरी १७-२२ सम्म आयोजना हुने विश्व प्रख्यात बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ट्यालेन्टमा एक्टर विधामा उनी छनौट भएकी हुन् । १ सय ३१ देशभरबाट आवेदन दिएका ३८ सय ३२ प्रतिस्पर्धीबीच उनी छानिएकी हुन् ।
उनलाई एक्टिङ स्टुडियोुको सदस्यका रूपमा आयोजकले छनोट गरेको हो । एक्टिङ स्टुडियोले अभिनयकै विधामा आफैंलाई तिर्खादै लैजान गौमायालाई यो सहयोग गर्नेछ । ट्यालेन्टका रूपमा सहभागी हुनेहरू बर्लिनको सदस्य९आल्मुनाइ०का रूपमा चिनिनेछन् ।
यसअघि साउन्डमा किशोर आचार्य साउन्डतर्फ छनोटमा परेका थिए । आवेदन दिएका ३८ सयमाथिको आवेदकमध्येबाट आफू छानिँदा गौमाया खुसी व्यक्त गर्छिन् । राम्रा सिनेमेटोग्राफरहरूले यो वर्ष बर्लिनमा आवेदन भरेका थिए । तर, उहाँहरूमध्ये कति राम्राहरु पनि छानिनु भएन ।
जनवरीमा बर्लिनले सहभागी सम्पूर्ण ट्यालेन्टको घोषणा गर्नेछ । गौमायाले कब्बड्डी ४, फूलबारी,१९१५ः लिजेन्ड अफ गुर्खाजुलगायत म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।