काठमाडौं, नेपालमा यामाहाको नयाँ मोटरसाइकल ‘यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड’ सञ्चालनमा आएको छ। नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सो मोटरसाइकल सञ्चालन गरेको हो।कम्पनीका अनुसार नयाँ डिजाइन र आकर्षक लुक्ससँगै आधुनिक विशेषता भएको सो मोटरसाइकल कालो र निलो गरी दुई रङमा उपलब्ध छन्।
बाइकमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, डबल डिस्क र उन्नत बीएस६ इन्जिन टेक्नोलोजी रहेको कम्पनीले बताए। एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले युवा पुस्ताको बिचमा यो मोटरसाइकल लोकप्रिय हुने बताए । एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल १४९ सीसी एयर ,कूल्ड फोर,स्ट्रोक सिंगल सिलिन्डर ब्लूकोर इन्जिनद्वारा सञ्चालित छ। इन्धनबाट चल्ने इन्जेक्टेड इन्जिन भएको यस मोटरसाइकल नेपाली सडकको लागि उपयुक्त रहेको कम्पनीले बताएको छ।यो बाइकले औसत ४५ देखि ५० किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्दछ।
ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प सहितको सूचनात्मक डिजिटल मिटर सहित राइडर ,केन्द्रित टेक्नोलोजीहरूले सुसज्जित यो मोटरसाइकलको मूल्य कम्पनीले ३ लाख ७९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ। यसको सस्पेन्सन ड्युटीहरु अगाडि ४१ मिलिमिटर टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७,स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन सेटअप रहेको छ।
एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ। जसले उत्कृष्ट ब्रेकिङ क्षमताहरू प्रदान गर्नुका साथै राइडर नियन्त्रण बढाउँदै विभिन्न सवारी परिदृश्यहरूमा सुरक्षाको दायरा बढाउने बताइएको छ।कम्पनीले एफजेड एफआई भीभी स्ट्यान्डर्ड मोटरसाइकल देशभरका यामाहाको डिलरहरूमा उपलब्ध रहेको बताएको छ।