काठमाडौं । ‘नाडा अटो शो २०२५’ को सबैभन्दा ठूलो आकर्षणमध्ये एक जी मोटर्स प्रालिले स्काइवेल ब्रान्ड अन्तर्गत दुई शक्तिशाली र भिन्न इलेक्ट्रिक एसयूभी ‘बीई ११’ र ‘ईटी ५’ एकसाथ प्रदर्शनीमा राखेको छ । नाडा अटो शोमा जी मोटर्सका कार्यकारी निर्देशक पारसमणि गेलालले स्काइवेलले नेपाली बजारको आवश्यकता गहिरोसँग अध्ययन गरेर यी दुई मोडेल ल्याएको बताए । उनका अनुसार कम्पनीले एकातर्फ व्यावहारिक र सुलभ प्रिमियम अनुभव खोज्नेहरूका लागि स्काईवेल बीई ११ र अर्कातर्फ कुनै सम्झौताविना अधिकतम रेन्ज र विलासी सुविधा चाहनेका लागि फ्ल्यागसिप मोडेल स्काइवेल ईटी ५ प्रस्तुत गरेको हो ।
नाडा अटो शोमा स्काइवेल एसयूभी ‘बीई ११’ र ‘ईटी ५’