काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट ३० अर्ब रुपैयाँले कटौती गरेको छ ।
सोमबार संसद बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।
चालु आर्थिक वर्षका लागि यसअघि सरकारले भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट भने ३० अर्ब कटौती गरेर घटाइएको छ ।