Tuesday, July 01, 2025

२०८२ असार १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

टाटा मोटर्सले ल्यायो दशैं अफर


टाटा मोटर्सले ल्यायो दशैं अफर

काठमाडौं,नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिजया दशैं, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई टाटा मोटर्स बडा दसैंको विशेष छुटअफर सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत ग्राहकहरूले टाटा आइस रेञ्जका गाडीको खरिदमा सात लाख तीस हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न ।

यस योजनामा नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू प्राप्त गर्न सक्नेछन्। साथै टाटा इभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीले बताएको छ।इभी तथा आइस रेञ्जका अफरहरू तथा थप जानकारीका लागि नजिकको टाटा मोटर्सका सोरुमहरूमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।

बडा दसैंको शुभ अवसरमा ग्राहकहरूले टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाइभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र इभी रेञ्जका गाडीहरू अवलोकन र टेष्ट ड्राइभ गर्न सक्ने छन्।