काठमाडौं । कपासको माग बढ्दै गर्दा दिन–प्रतिदिन खेती गर्नेको संख्या भने घट्दै छ । २०४० सालमा करिब ६ हजार हेक्टर जमिनमा कपास खेती हुने गथ्र्यो, तर अहिले ५० हेक्टरमा खुम्चिएको कपास खेति विकास समितिका निर्देशक जानकारी दिएका छन् ।
सरकारले कपास खेतीका लागि बर्दियास्थित कुम्भरमा ७ हजार हेक्टर जमिन समितिलाई उपलब्ध गराएको थियो । उक्त जमिनमा कपास प्रशोधनलगायतका मेसिन ,भौतिक संरचना निर्माण भएका थिए । ‘सरकारले दिएको जमिनमध्ये करिब १ हजार ५ सय हेक्टरमा समितिले कपास खेती गर्दै आएको थियो । दाङ, बाँके र बर्दियाका किसानले झन्डै ५ हजार हेक्टरमा कपास खेती गरेको उनले बताएका छन् ।
सरकारले हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना सञ्चालन गर्न कच्चा पदार्थ परिपूर्तिका लागि बाँकेको खजुरामा कपास खेति विकास समिति स्थापना गरेको थियो । २०३७ सालमा स्थापना भएको समितिले केही वर्ष अत्यधिक परिमाणमा कपास उत्पादन गरे पनि पछिल्लो समय घट्दै गएको छ । ‘हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना २०५५÷५६ सालमा बन्द भएपछि किसानले उत्पादन गरेको कपासले बजार पाएन उनले भने, ‘मिहिनेतअनुसारको मूल्य नपाएपछि अन्य नगदेबालीतर्फ किसान आकर्षित भएका छन् ।
बर्दियाको बारबर्दिया नगरपालिका–१० र बढैयाताल गाउँपालिका–९, कुम्भरस्थित कपास फार्मको उक्त जग्गा २०५८ सालदेखि अतिक्रमणमा परेको छ । उक्त जग्गामध्ये १ सय ३८ बिघा १५ कट्ठा सरकारले मुक्त कमैयालाई वितरण गरेको छ । बाँकी जग्गा राजनीतिक पहुँचका आधारमा स्थानीय बासिन्दाले अतिक्रमण गरी प्रयोग गर्दै आएका छन्