Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारीको करोडौं ठगेर भागेका ढोरपाटनका मेयरलाई देश छोड्न रोक


सहकारीको करोडौं ठगेर भागेका ढोरपाटनका मेयरलाई देश छोड्न रोक

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई देश बाहिर जान रोक लगाइएको छ ।

नगरप्रमुख नेपाली सम्पर्कविहीन भएपछि बागलुङ जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई देशबाहिर जान रोक लगाउन पत्रपठाएको थियो ।

गृह मन्त्रालयले नेपालीलाई देश बाहिर जान रोक लगाउन भन्दै अध्यागमन विभागलाई पत्र पठाइसकेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय बागलुङले संघीय सहकारी विभागलाई पनि पत्राचार गरेको छ ।

उक्त सहकारी विभागको क्षेत्राधिकारभन्दा बाहिर रहे पनि स्थानीय प्रशाशनले पत्राचार गरेपछि त्यसको व्यहोरालाई आधार मान्दै सहकारी ऐन २०७४ को दफा १२९ बमोजिम नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्र पठाउन लागेको हो ।

विभागका रजिष्ट्रार नमराज घिमिरेका अनुसार ‘थप अनुसन्धानका लागि सीडीओ कार्यालयबाट लेखि आएको हुनाले आवश्यक कारबाहीका लागि पठाइएको छ’ भन्दै ब्यूरोलाई पत्र पठाइने छ ।

उनले संस्थाबाट बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । १८ प्रतिशत ब्याज दिनेभन्दै उनले बचतकर्ताको रकम ठगी गरेको आरोप छ ।