Saturday, July 26, 2025

२०८२ श्रावण ११, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

समस्याग्रस्त पाँच सहकारीको तत्काल ऋण तिर्न ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न ताकेता


समस्याग्रस्त पाँच सहकारीको तत्काल ऋण तिर्न ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न ताकेता

काठमाडौं । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरेको छ ।

कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न ताकेता गरेको हो ।

समस्या ग्रस्त घोषित उक्त सहकारीका ऋणीहरूलाई यसअघि पनि पटकपटक सूचना प्रकाशित गरिएको र फोनबाट समेत ऋण तिर्न आग्रह गर्दा पनि ऋणीहरू सम्पर्कमा नआएपछि कार्यालयले जारी गर्दै तोकिएको समयभित्र ऋण नबुझाएमा साँवा, ब्याज र हर्जाना रकमसमेत गणना गरी ऋण असुल गर्ने चेतावनी दिएको छ ।