Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फोर्ब्सको ८२ प्रतिशत शेयर किन्दै रसेल, ८ सय मिलियन डलरको सम्झौता

१८ प्रतिशत शेयर फोर्ब्स परिवारको स्वामित्वमा रहने


फोर्ब्सको ८२ प्रतिशत शेयर किन्दै रसेल, ८ सय मिलियन डलरको सम्झौता

लुमिनार टेक्नोलोजीजका अर्बपति सीईओ अस्टिन रसेलले फोर्ब्स पत्रिका प्रकाशित गर्ने कम्पनी ‘फोर्ब्स ग्लोबल मिडिया होल्डिङ्स’ मा ८२ प्रतिशत शेयर खरिद गर्ने भएका छन् ।


२८ वर्षका रसेलले ८०० मिलियन डलरमा सम्झौता गर्दै सो शेयर किन्ने घोषणा गरेको हो ।


यसका साथै, कम्पनीको बाँकी १८ प्रतिशत शेयर फोर्ब्स परिवारको स्वामित्वमा रहने भएको छ भने फोर्ब्स मिडियाका अध्यक्ष र सम्पादक स्टीव फोर्ब्स कम्पनीसँग संलग्न रहनेछन् ।


विज्ञप्ति अनुसार रसेलको कम्पनी फोर्ब्स ब्रान्डको दैनिक कार्यमा संलग्न भने हुने छैन । उनले फोर्ब्स अमेरिकी मिडिया, प्रविधि र एआई विशेषज्ञहरूसँग नयाँ बोर्ड नियुक्त गर्ने योजना समेत बनाएका छन् ।