काठमाडौं । नेपाल—भारत बिजनेस एक्स्चेन्जको स्कोर्पियन बिजनेस मिट काठमाडौंमा जारी छ । गत जुलाई १६ देखि बिजनेस मिट २६ जुलाईसम्म रहनेछ । नेपालमा रणनीतिक साझेदारी र लगानी तथा व्यापार अवसर नारामा आयोजित उक्त मिटकै एउटा पाटोको रुपमा रहेको भाइब्रेन्ट नेपाल-इन्भेस्टर्स मिट एण्ड ग्रिट हुने भएको छ । शुक्रबार बूढानीलकण्ठस्थित होटल पबेरामा हुने ग्रिटमा विभिन्न सेक्टरमा छलफल हुने बताइएको छ । स्कोर्पियन बिजनेस मिटमा नेपाल भारतका विभिन्न उद्यमीहरुसँगको भेटघाट र साझेदारीको सम्भावना रहेको हुन्छ ।
नेपाल—भारत बिजनेस एक्स्चेन्जको स्कोर्पियन बिजनेस मिट काठमाडौंमा