काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५९ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको शेयर निष्काशन अनुमति दिएको छ । सेबोनले आर्थिक वर्ष २०८१-८२ को असार २० सम्म ६४ संस्थालाई ५९ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ बराबरको निष्काशन स्वीकृत प्रदान गरेको हो ।
जसमा साधारण शेयर निष्काशनतर्फ १४ संस्थालाई ३ अर्ब ८३ करोड २२ लाख रुपैयाँ बराबरको तथा हकप्रद तर्फ १७ संस्थालाई १५ अर्ब ४१ करोड रुपैयाँ बराबरको निष्काशन अनुमति प्रदान गरिएको छ ।
थप निष्काशन तर्फ चार संस्थालाई १० करोड ७३ लाख रकम बराबरको निष्काशन अनुमति प्रदान भएको छ । सेबोनले यस अवधिमा नौ कम्पनीहरूलाई २५ अर्ब ३० करोड रकम बराबरको ऋणपत्र निष्काशन अनुमति प्रदान गरेको छ ।
अन्य २० वटा सामूहिक लगानी योजनालाई १५ अर्ब २० करोड रकम बराबरको सामूहिक लगानी योजना निष्काशन अनुमति प्रदान गरेको छ । गत आर्थिक वर्षको असार २० सम्म बोनस शेयर दर्ता तर्फ ८१ वटा संस्थाहरूको २३ अर्ब ९५ करोड १४ लाख रकम बराबरको बोनस शेयर दर्ता भएको सेबोनले जनाएको छ ।