Wednesday, July 02, 2025

२०८२ असार १८, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चार कारण देखाउँदै सेजनले सरकारबाट प्राप्त हुने एक करोड अनुदान अस्वीकार गर्यो


चार कारण देखाउँदै सेजनले सरकारबाट प्राप्त हुने एक करोड अनुदान अस्वीकार गर्यो

काठमाडौं । आर्थिक पत्रकारहरुको संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सरकारबाट प्राप्त हुने एक करोड अनुदान अस्वीकार गरेको छ ।

सञ्चार मन्त्रालयले सेजनलाई सञ्चालन अनुदानका रूपमा एक करोड रूपैयाँ बजेटमै विनियोजन गराएको थियो । आगामी आर्थिक वर्ष २०८२—८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर १ मा सो रकम विनियोजन गरिएको जानकारी हुन आएको सेजनले जनाएको छ ।

आर्थिक पत्रकारको छाता संस्थालाई विश्वास गरेर सदाशयता देखाएकोप्रति मन्त्रालयलाई सेजनले धन्यवाद दिएको छ । तर, सेजनको असार १७ गते बठेको बैठकले विभिन्न चार कारण देखाउँदै अनुदान अस्वीकार गर्ने निर्णय लिएको हो । सेजनले औल्याएका चार कारण औल्याउदै अनुदान अस्वीकार गरेको हो ।