Saturday, June 21, 2025

२०८२ असार ७, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अटो पार्लर प्रालि सञ्चालनमा


अटो पार्लर प्रालि सञ्चालनमा

काठमाडौं । इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ । विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसोरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने र दिगो तथा स्वच्छ परिवहन प्रणालीमा योगदान पुर्‍याउने प्रमुख लक्ष्यका साथ काठमाडौंको कालोपुलमा अटो पार्लर सञ्चालनमा ल्याइएको हो ।


कम्पनीले ईभी गाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण एसेसोरिजहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको गुणस्तरमा उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक राजिब केसीले जानकारी दिए ।

वातावरणमैत्री यातायात प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनेगरी सञ्चालनमा ल्याइएको अटो पार्लरले ईभीका प्रिमियिम एसेसोरिजहरू उपलब्ध गराउनाका साथै फिटिङ र बिक्रीपछिको सेवासमेत उपलब्ध गराउने उनले जानकारी दिए ।