काठमाडौं । एमजी मोटर्स नेपालले आधिकारिक आयातकर्ता एवं विक्रेता पारामाउन्ट मोटर्सले आफ्ना ग्राहकका लागि उत्कृष्ट आफ्टर सेल्सु सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
कम्पनीले सयवटा भन्दा बढी स्पेयर पार्ट्सहरूको मूल्य औसत ३० प्रतिशतले घटाएर ग्राहकहरूलाई सस्तो र सहज सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
विश्वास र गुणस्तर मा आधारित ब्रान्डका रूपमा एमजी मोटर्स नेपालले आफ्ना ग्राहकहरूको बढ्दो अपेक्षा सहज र किफायती स्वामित्व अनुभव पूरा गर्ने प्रयास गर्दै आएको दाबी गरेको छ ।
पारामाउन्ट मोटर्सले आफ्नो लजिस्टिक्स प्रक्रिया पुनरावलोकन गरी एमजीको आपूर्ति श्रृंखलासँग समन्वय गरेर खर्च घटाएको छ । यसको फाइदा सीधा ग्राहकलाई पुग्नेछ ।
एमजी मोटर्स नेपालले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ। काठमाडौं उपत्यकामा ३ वटा पूर्ण—सुविधायुक्त सेवा केन्द्र र देशभर फैलिएको डिलरसिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सेवा केन्द्रका साथ कम्पनीले ग्राहकलाई सुविधा प्रदान गर्दै आएको छ ।